फिफा बरियतामा नेपाल: १५ स्थानको फड्को, सन् २०१६ उत्कृष्ट बर्ष 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 03:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१६ को अन्तिम फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको नयाँ बरियतामा नेपाल १ सय ८१ औ स्थानमा कायम छ  । 

समग्रमा सन् २०१६ नेपाली फुटबलको लागि उत्कृष्ट बर्ष सावित भएको छ  । सन् २०१६ को अबधिमा नेपाल १५ स्थानले माथि उक्लेको छ ।सन् २०१६ को जनवरीमा नेपालको बरियता १ सय ९६ रहेकोमा डिसेम्बरसम्म आईपुग्दा नेपालको बरियता १५ स्थानले सुधार हुदै १ सय ८१ मा पुगेको छ ।

नेपालले सन् २०१६ मा  एएफसी सोलिडारिटी कप, बङ्गबन्धु गोल्ड कप र साउथ एसियन गेम्समा स्वर्ण जित्यो  । 

 

फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १३५  औ स्थानमा छ । अफगानिस्तान १४६  औ, माल्दिभ्स १५४ औ र  भुटान १७७   औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १८५  औ, श्रीलंका १९५ औ र पाकिस्तान १ सय ९७ औ स्थानमा छ ।

 

बिश्व बरियतामा भने अर्जेन्टिना शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाचौमा बेल्जियम छन् । कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे, र स्पेन क्रमश छैठौ, सातु , आठौ , नवौ र दशौ स्थानमा छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved