आफुलाई कालोमोसो दल्नेलाई कारबाही नगरी रिहा गर्न लोकमानको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 12:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियारका निलम्बित आयुक्त लोकमान सिंह कार्कीले आफु माथि सर्बोच्च अदालतको परिसर मै दुर्व्यवहार गर्ने ब्यत्क्तिहरुलाई रिहा गण आग्रह गरेका छन् । उनले आज एक बिज्ञप्ति जारी गर्दै ति दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी आएकोले रिहा गर्न माग गरेका हुन्  ।

उनले हिरासतमा लिईएका व्यक्ति कसैका गोटी मात्र भएको  र आफुलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दा भएको बताएका छन् । उनले सुरक्षा कर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको  सराहना समेत गरेका छन् ।

लोकमानले वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता आफु विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिए प्रस्ट पार्दै उनकै शब्दमा ति कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन   सुरक्षा निकायसंग आग्रह गरेका हुन् ।

लोकमानलाई बिहिबार सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा २ व्यक्तिले कालोमोसो दली दुर्व्यवहार गरेका थिए  । उनीहरुलाई प्रहरीले हिरासतमा लीई अनुसन्धान बढाएको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved