दबाबपछि क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 06:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। क्रिश्चियन समुदायहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

यस अघि केपी ओली नेतृत्त्वको सरकारले बनाएको  सरकारी क्यालेन्डरमा क्रिश्चियन समुदायहरुलाई मात्र क्रिश्मसको दिन बिदा दिने निर्णय गरेको थियो। तर शनिबार मन्त्रिस्तरीय निर्णयबाट क्रिसमसको अवसरमा भाेली सार्वजनिक बिदा तय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन।

नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीहरुले जिसस क्राइस्टको जन्म दिन पारि डिसेम्बर २५ का दिन क्रिश्मस मनाउदै आएका छन। क्रिसमसका दिन क्रिस्चियन समुदायले विभिन्न कार्यक्रम गरि जिसस क्राइस्टको जन्म दिन मनाउने गर्दछन।   
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved