एमालेको जनप्रदर्शनको योजना: १० हजार मोटरसाइकल सहितको र्याली, उपत्यका मै १५० स्थानमा कोणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 02:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान संशोधन प्रस्तावको विरोधमा पुस २२ गते नेकपा (एमाले) सहितका नौ राजनीतिक दलले आयोजना गर्न लागेको बृहद् जनप्रदर्शनलाई शशक्त बनाउन एमालेले कार्ययोजनाहरु पारित गराएको छ । 

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको बैठकबाट निम्न कार्ययोजनाहरु पारीत गरेको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए  ।  

यस्ता छन् तयारी  :

 पुस १० गतेदेखि १५ गतेसम्ममा पार्टी र जनसंगठनका जिल्ला कमिटीसम्मका बैठक तथा भेलाहरुको आयोजना गरी तयारीका कार्ययोजना निर्माण गर्ने । साथै, केन्द्रीय सम्पर्क कमिटी र पूर्वअञ्चल सम्पर्क कमिटीका बैठकहरु गरी तयारीका काम गर्ने ।

पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी अनि सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरुका बैठक तथा भेला गरी तयारीका काम गर्ने ।

सबै कमिटीहरुमा विशेष जिम्मेवारीसहित सदस्यहरुको कार्यविभाजन गर्ने ।

पुस २१ गते मोटरसाइकल ¥याली गर्ने । यसको संयोजन अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेशागत महासंघ र सम्पर्क विशेष कमिटीले गर्ने । कम्तीमा १० हजार मोटरसाइकल सहभागी हुने ।

 उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने । यसरी १५० ठाउँमा कोणसभा हुनेछन् ।

जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचारसभा (क्लास स्पिच) गर्ने ।

९ दल (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पु¥याउने ।

सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने ।

फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर ग्रुप बनाउने । प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने ।

 पुस २० र २१ गते एस. एम. एस. भाइरल चलाउने । प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एस. एम. एस. पठाउने ।

'राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने ।

पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने ।

सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने । पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिग गर्ने ।

आवश्यकताअनुसार पत्रकार सम्मेलन गर्ने ।

 २२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने ।

 पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने । यसको संयोजन काठमाडौँ जिल्ला कमिटीले गर्ने ।

 पुस २२ गतेका लागि जिंगल बनाउने । यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्ने ।

प्रेस चौतारीले विभिन्न सञ्चारमाध्यमहरुका भेला तथा बैठक राखी प्रचार कार्यलाई सहयोग गर्ने ।

मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल सार्वजनिक गर्ने ।

आन्दोलनको आवश्यकता र औचित्यका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिब गर्ने ।

पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा गर्ने । सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने ।

उक्त सभाको तयारी नेकपा (एमाले)का तर्फबाट ३ नम्बर प्रदेश संगठन कमिटी, केन्द्रीय मोर्चा संगठन र केन्द्रीय सम्पर्क समन्वय कमिटीले गर्ने ।

 बैठकमा केन्द्रीय प्रचार विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय प्रचार विभाग प्रमुखहरु,उपत्यकाभित्रका जिल्ला कमिटीका प्रचार विभाग प्रमुखहरु, सम्पर्क समन्वय कमिटीका प्रचार विभाग प्रमुखहरु र प्रेस चौतारीका पदाधिकारी तथा उपत्यकाभित्रका केन्द्रीय सदस्यहरु सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved