कम्युनिष्ट नेता माओत्से तुङको जन्म दिनको अवसरमा प्रचण्डको यस्तो अपिल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 12:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आज डिसेम्बर २६ अर्थात कम्युनिष्ट नेता एवम् विचारक माओत्से तुङको जन्म दिन ।  चीनिया कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक रुपमा चिनिने तुङको १ सय २३ औ जन जयन्ति विभिन्न कार्यक्रम गरी मानाईदै छ ।

उनको जन्म दिनको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र ) का अध्यक्ष  पुष्पकमल दाहालले प्रेस बक्तब्य जारी गरेका छन् । प्रस बक्तब्य जारी गर्दै उनले संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्न, संविधान कार्यान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्न र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा  अपिल गरेका छन् । 

पढ्नुस उनको बक्तब्यको पूर्ण पाठ । 

आज २६ डिसेम्बर, २०१६ का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क. माओत्से तुङको १२३औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा ने.क.पा.(माओवादी केन्द्र) न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओप्रति लाल सलाम व्यक्त गर्दछ ।
चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १९९३ डिसेम्बर २६ मा माओत्से तुङको जन्म भएको थियो । माओ चीनिया कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरीका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । माओ विश्वकै महान् पुरुषमध्ये एक बन्न पुग्नु भएको छ ।
माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, संघर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्धको रणनीति, नयाँजनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।
माओ दिवसका अवसरमा संसारका क्रान्तिकारीहरुलाई वित्तीय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समिक्षा, मा.ले.मा.को रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आव्हान गर्नु आफ्नो कर्तव्य ठान्दछौं । त्यसैले आज संसारभरीका माओवादी क्रान्तिकारीहरुले मा.ले.मा.वादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अपनाउदै आएका छन् ।
वर्तमान अवस्थामा संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्नु, संविधान क्रियान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्नु र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

११ पौष २०७३, 

पुष्पकमल दाहाल 'प्रचण्ड'

अध्यक्ष, माओबादी केन्द्र 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved