नेपाल बैँकका प्रबन्धक घिमिरेको बाथरुममा लडेर मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 12:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनि लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौँ स्थायी घर भएका उनि बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved