नेपाली सेनामा २ सयभन्दा बढीलाई रोजगारीको अवसर, एसएलसी पास देखिकाले आबेदन दिन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 06:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले विभिन्न रिक्त विभिन्न पदहरुमा २ सय १६ जनाको लागि आबेदन माग गरेको छ। सेनाले जनरल स्टोरदेखि ओभरसियरसम्मका विभिन्न ३३ पदका लागि ति कर्मचारी माग गरेको हो। 

इच्छुक नेपाली नगारिकले माघ १० गतेसम्म आबेदन दिन सक्ने जनाइएको छ। आबेदन दिनका लागि आफै उपस्थिति भई जंगी अड्डा पश्चिम पट्टीको खेल मैदानबाट फारममा रु १० को टिकट सहित आबेदन बुझाउनु पर्ने छ। 

पुरुषतर्फको उम्मेदवारको हकमा उचाई कम्तीमा ५ फिट ३ इन्च, तौल ५० केजी तथा महिलाका लागि उचाई कम्तीमा ४ फिट १० इन्च र तौल ४० केजी शारीरिक योग्यता तोकिएको छ। 

दरखास्तका साथ पदअनुसार २ सयदेखि ४ सय रुपैयाँसम्म दस्तुर पनि बुझाउनुपर्नेछ। २ सय १६ जनाको लागि माग गरिएको सो पदहरुमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित र पिछडिएका क्षेत्रका लागि आरक्षण छुट्याइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved