सिंहदबारमा ३ दलको बैठक: के मा जुट्यो सहमति, के मा जुटेन ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 01:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख तीन दलका शिर्ष नेताहरु स्थानीय तहको चुनाव गर्न सहमत भएका छन्  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बुधबार सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवीच भएको तीन दलको बैठकमा चुनाव गर्ने सहमति भएको हो । 

संसद अबरुद्द पार्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले पनि चुनावको प्रक्रिया अघि बढाउन   संसदको अवरोध हटाउने बताएको छ । 

संविधान संशोधनको बिषयमा भने बैठकमा कुनै ठोस निर्णय हुन सकेन  । बैठकमा सत्तारुढ दलहरु कांग्रेस र माओबादीले  बिधेयकमा सहमति नभए प्रक्रियामा जाने प्रस्ताव गरेक थिए ।  त्यसका लागि संसदको अवरोध हटाउन एमालेलाई आग्रह गरेका थिए  । 

तर एमालेले सत्तारुढ दलको प्रस्ताव अस्विकार गरेको छ  । एमालेले निर्बाचनको लागि मात्र संसदको अबरोध खुलाउने अडान लिएको छ । उसले संशोधन प्रस्ताव अघि बढाए अबरोध जारी राख्ने बताएको छ  ।

एमालेको अडानसंगै झन्डै एक महिनादेखि अबरुद्द संसद बैठक खुल्न अझै समय लाग्ने देखिन्छ । 

बैठकअघि नेताहरुले संविधान संसोधन विधयेक, महाअभियोग प्रस्ताव र चुनावका विषयमा प्याकेजमा छलफल हुने बताएको भए पनि त्यो सम्भव हुन् सकेन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved