कुलमानलाई असहयोग गर्ने संचालकलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 05:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ  ।  न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाउ आदेश जारी गर्दै ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो । 

सरकारले प्राधिकरण प्रमुख कुलमान घिसिंगलाई लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै प्राधिकरणका सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेको थियो ।उनीहरुको स्थानमा सरकारले  भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो । लामिछानेले त्यसको बिरुद्दमा रिट दायर गरेका थिए  । 

सर्बोच्चले सोहि रिटमा फैसला गर्दै बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो । साथै अदालतले  थप छलफलको लागि पुस १९ गते तीनै सदस्यलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved