सिन्धु विकास बैंकको ४८ हजार ९ सय ८९ कित्ता सेयर आज देखि लिलाममा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 11:25:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकस बैंकले ४८ हजार ९ सय ८९ दशमलब २५ कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि खुला गरेको छ। इच्छुक लगानीकर्ताले आज बिहिबार अर्थात पुष १४ देखि लिलामीको सेयरका लागि पुष २१ भित्र आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। 

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा संस्थापक सेयर ४८ हजार ९ सय ८९ दशमलब २५ कित्ता रहेको छ। बैंकले साउन २३ देखि भदौ २६ सम्म शतप्रतिशत हकप्रद बिक्रि खुला गर्दा नबिकेको संस्थापक सेयर हकप्रद लिलाम बढाबढमा समेत साबिकको संस्थापक सेयरधनीहरुबाट दरखास्त प्राप्त हुन नआएको हुँदा बैंकको संचालक समितिको निर्णय अनुसार अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ४८ हजार ९ सय ८९ दशमलब २५ कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको थियो। बैंकको लिलाम शेयर खरिदका लागी इच्छुक लगानीकर्ताले बोलकबोल गर्दा प्रति कित्ता न्युनतम १ सय रुपैयाँका दरले कम्तिमा १ सय कित्ता हकप्रदका लागी आवेदन दिन सक्ने बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ।

इच्छुक लगानीकर्ताले एनआइबिएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमान्डौको कार्यालयमा पुष २१ गते बैंकिङ समय (३ बजे) सम्म आइपुग्ने गरि आबेदन दिनु पर्ने छ।  बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमलब ८ प्रतिशत बोनस शेयर पूँजीकरण भएपछिको ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। 

हाल बैंकको चुक्ता पुंजी १२ करोड ९ लाख रुपैयाँ रहेको छ। गत असारमा जारी गरेको शत प्रतिशत हकप्रदपछी बैंकको चुक्ता पुंजी २४ करोड १८ लाख रुपैयाँ पुग्ने छ। सो चुक्तापुंजीमा गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमल ८ प्रतिशत बोनस शेयर जोड्दा चुक्ता पुंजी  २८ करोड २४ लाख हाराहारी पुग्ने छ। यसमा ८० प्रतिशत हकप्रद जोड्दा बैंकको चुक्ता पुंजी ५० करोड ५९ लाख रुपैयाँ पुग्ने छ।

सिन्धुपाल्चोकमा मुख्य कार्यालय रहेको तीन जिल्ले विकास बैंकले गत आर्थीक बर्षमा २ करोड ७२ लाख ४४ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved