सहारा विकास बैंकको २३ हजार ६ सय ५ कित्ता सेयर आजदेखि लिलाममा  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 11:39:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकको २३ हजार ६ सय ५ कित्ता सेयर आजदेखि लिलाममा  

सहारा विकास बैंकले आजबाट २३ हजार ६ सय ५ कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक लगानीकर्ताले पुष १४ अर्थात आज बिहिबार देखि लिलामीको सेयरका लागि पुष २१ भित्र आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा संस्थापक तर्फ १७ हजार ७ सय कित्ता तथा सर्वसाधारण तर्फ ५ हजार ९ सय ५ कित्ता हकप्रद सेयर रहेको छ। 

बैंकले असोज १४ देहि कात्तिक १८ सम्म डेढ सय प्रतिशत हकप्रद बिक्रि खुला गर्दा संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ लाख ५४ हजार कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको थियो।

बैंकको लिलाम शेयर खरिदका लागी इच्छुक लगानीकर्ताले बोलकबोल गर्दा प्रति कित्ता न्युनतम १ सय रुपैयाँका दरले कम्तिमा १ सय कित्ता हकप्रदका लागी आवेदन दिन सक्ने बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

इच्छुक लगानीकर्ताले जमल, राष्ट्रिय नाचघर स्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा पुष २१ गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। आबेदनका लागि लगानीकर्ताले सिटिजन बैंकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा रहेको खाता नम्बर   ००१००००४३१ सिसि मा लिलाममा खरिद गर्न चाहेको सेयर बराबरको रकम डिपोजिट गर्न सक्ने छन। 

बैंकको गत मे १७ , २०१६ मा प्रति कित्ता १२७९ रुपैयाँमा कारोबार भएको थियो। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २३ लाख ७० हजार खुद नोक्सान बेहोरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved