सेयर कारोबारका लागि पूर्ण स्वचालित प्रणाली ल्याउन बाटो खुल्यो, कम्पनीको पक्षमा फैसला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 12:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा सेयरको कारोबारका लागि पूर्ण स्वचालित प्रणाली अर्थात् फूल्ली अटोमेटेड अनलाइन ट्रेडिङ सिस्टम भित्राउनेबारेको विवादको अन्त्य भएको छ ।  अदालतले बुधबार   वाईको कम्पनीको पक्षमा फैसला गरेपछि विवाद अन्त्य भएको हो । 

सफ्टवेयर भित्राउन वाईकोसंग नेप्सेले सम्झौता गरीसकेको थियो । तर धितोपत्र बोर्डले सफ्टवेयर महँगो भएको, वाईको कम्पनीले यस अघि कसैलाई पनि त्यस्तो सेवा नदिएको र उनीहरुको  सफ्टवेयर अन्तर्राष्ट्रिय स्तरमा फूल्ली टेष्टेड नभएकोले सम्झौता रोकी फूल्ली टेष्टेड सफ्टवेयर ल्याउन निर्देशन दिएको थियो  । 

तर कम्पनीले यसअघि नेप्सेसँग नयाँ सफ्टवेयर जडानका लागि भएको सम्झौता भएको तर  काम अघि नबढाइको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले नेप्सेसंग सम्झौता भईसकेको र बोर्ड नियामक निकाय मात्र भएकाले नेप्सेसंगको सम्झौता अनुरुप नै कम्पनीको पक्षमा फैसला गरेको हो । 

अदालतको फैसला संगै कारोबारका लागि पूर्ण स्वचालित प्रणाली भित्र्याउन कम्पनी र नेप्सेलाई बाटो खुलेको छ । 

 

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved