हकप्रदले समेत पाउनेगरी कृषि बिकास बैंकको लाभांश घोषणा , चुक्तापुंजी ७ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 12:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक लिमिटेडले गत बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १४ मा बसेको संचालक समितिको बैठकले २० प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि  १.०५३ नगद लाभाश प्रस्ताव गरेको नेप्सेले जनाएको छ । 

उक्त प्रस्ताव बैंकको साधारण सभाले पारीत गरेपछि र राष्ट्र बैंकले अनुमति दिएपछि बितरण हुने छ । बैंकले गत बर्ष १५ प्रतिशत लाभांश बितरण गरेको थियो  । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख खुद मुनाफा गरेको थियो। बैंकको चुक्ता पुंजी ३ अर्ब ९३ करोड रहेको छ भने ५० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ५ अर्ब ९३ करोड पुग्ने छ । बैंकले गत महिना एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री  थियो । बैंकले प्रस्ताव गरेको बोनस यसअघि बिक्री गरेको हकप्रदलाई समेत प्रदान गरिने बैंकले जनाएको छ ।

२० प्रतिशत बोनस वितरणपछि बैंकको चुक्तापुंजी ७ अर्ब नाघ्ने छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved