भूकम्प प्रभावितलाई  चिट्ठाबाट ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 01:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 भूकम्प प्रभावितलाई लक्षित ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।  प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम मङ्गलबार सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।

लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताए । सबैभन्दा लामो समय नै कम्प्युटरमा भर्न लाग्ने भएकाले यसपछि प्रभावितलाई ट्याक्सी वितरण गर्न धेरै समय नलाग्ने उनले बताए।

उनले भने, “एक सातामा फाराम भरिसक्ने र सम्पादनको काम सकिएपछि स्वीकृत नामावली प्रकाशित हुनेछ ।” अन्तिम नामावली प्रकाशित गरेपछि कार्यालयले चिट्ठा प्रक्रियाबाट नाम छानेर ट्याक्सी वितरण गर्नेछ ।

दैनिक १५/१६ जना कर्मचारी कम्प्युटरमा तथ्याङ्क भर्नकै लागि लागेका छन् । कार्यालयले गत साउन ५ गतेबाट भदौ २ गतेसम्म नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो ।

फाराम भर्नेबाट एक हजार ५०० जनाको चिट्ठाबाट नाम निकाल्ने कार्यालयले जनाएको छ । झन्डै डेढ लाख प्रभावितले फाराम भरेका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved