काठमाडौँ उपत्यकामा बन्द भएको बिद्युत आपूर्ति सुचारु, हेर्नुस किन भएको थियो बन्द ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 02:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरू भएको छ ।

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ। आज बिहान ७ः२० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved