नेपालले चीनसँग पहिलो पटक सैन्य अभ्यास गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 04:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले चीनसँग पहिलो पटक सैन्य अभ्यास गर्ने भएको छ । चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको हो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बिहिवार सो घोषणा गरेको पिपुल्स डेली चाइनाले जनाएको छ । 

यस अघि नेपालले चीनसंग संयुक्त अभ्यास गर्न लागेको खबर सार्बजनिक भएपनि परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले समाचार गलत भएको बताएका थिए । नेपाल र चीनले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत भने चिढिएको छ ।

नेपालले यस अघि  भारत र अमेरिकाले नेपालसँग संयुक्त सैन्य अभ्यास गरेको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved