युवा संघ केन्द्रिय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 10:05:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको घटना सेलाउन नपाउदै संघका अर्का नेता माथि हत्या प्रयास भएको छ । युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि हत्या प्रयास भएको हो । 

 बुढाथोकीमाथि बिहिबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहार गरेर हत्या प्रयास गरेको युवा संघले जनाएको छ । खुकुरी प्रहारबाट  बुढाथोकीको घांटीमा गहिरो चोट लागेको छ भने उनको अवस्था गम्भीर छ । बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ । 

 युवा संघले खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै संघले घटनाको प्रतिकार गर्ने बताएको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved