संसदमै खैनी थुकेका सहरी विकास मन्त्री केसीको यस्तो चर्तिकला 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 09:48:33 AM मा प्रकाशित

laxmi  sunrise bank

गौशाला बत्तीसपुतली सडक यसै त जाम भई रहन्छ। त्यसमाथि सहरी विकास मन्त्रीअर्जुन नरसिंह केसीको हतारोले त शुक्रबार बेलुका उक्त सडक जाम मात्रै होइन, अवरुद्द नै भयो। 

बत्तीसपुतलीको एक जना कांग्रेस कार्यकर्ताले संचालन गरेको पार्टी प्यालेसमा भोज खान हतारिएका मन्त्री केसीको हतारोले सडकजाम हुँदा बिरामी बोकेका एम्बुलेन्स समेत धेरै बेर रोकिनु परेको थियो। 

गौशाला देखि बत्तिसपुतलीको एक पेट्रोल पम्प सम्म गाडी पुरै जाम थिए । हतारोमा रहेका मन्त्रीलाई उक्त जामले छुने कुरै भएन। उनली गाडी चालकलाई बिपरित लेनमा जान निर्देशन गरे। 

लेन अनुसाशन पालन नगरेकोमा ट्राफिक हवल्दारले चिट काटिरहेका थिए। ट्राफिक व्यवस्थापन गर्न नसकेर असिन पसिन भएका हवल्दारले लेन अनुशाशन उल्लङ्घन गरेको मन्त्रीलाई न त चिट काट्न सके न त सलाम नै ठोक्न सके। यत्तिकैमा बिपरित दिशाबाट बिरामी बोकेको एम्बुलेन्स आयो तर मन्त्रीको पछुवा गाडीले बाटो छेकी सकेको थियो। जस कारण सडक आधा घण्टा बढी जाम हुन् पुग्यो। 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved