'गाह्रो भएर थुकुँ कि के गरुँ भएपछि मुखबाट झिकेर फ्याँकेको हुँ': मन्त्री सिंह 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 05:49:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेवपालमा जयराम दवाडीद्धारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको  सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाएका हुन्।

मन्त्री केसीले संविधान कार्यन्वयनको विकल्प नभएको भन्दै अहिले उठेका असन्तुष्टीका आवाजलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले भने,‘अहिले जुन प्रस्तावको बिषयमा छलफल भईरहेको छ, यो बिषयलाई फेरी पनि कुनै दिन संशोधन गर्नुपर्ने हुनसक्छ, त्यतिबेला फेरी संशोधन हुन्छ, त्यसैले यसको बिरोध भन्दा पनि संसदको नियम र हिजो मात्रै संशोधनको बिषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई ग्रहण गर्नुपर्छ ।’

 पुस्तकको बारेमा टिप्पणी गर्दै केसीले पुस्तकमा समावेस पक्ष र बिषयहरू भावि पुस्ताले ग्रहण गर्न लायक र जीवनमा अत्यावश्यक रहेको भन्दै राजधानीमा जन्मेर देशका कुनाकन्दरामा पुगेर बिद्यालय खोल्ने, शिक्षाको दियालो सल्काउनेजस्तो निक्कै महत्वपूर्ण काम गरेका समाजसेवी, राजनीतिज्ञ एव्म साहित्यकार जयराम दवाडीको आमुल परिवर्तन र शिक्षा क्षेत्रमा अनुकरणीय योगदान रहेको भन्दै प्रशंसा गरे।

फरक प्रसँगमा आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए ।

उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन।’

 उनले भने 'तीन-चार दिनदेखि मेरो स्वास्थ्य ठिक थिएन। त्यही भएर दालचिनी खाइरहेको थिएँ, सर्कियो, गाह्रो भएर थुकुँ कि के गरुँ भएपछि मुखबाट झिकेर फ्याँकेको हुँ तर खैनी होइन।'

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved