समता माइक्रोफाइनान्सको आइपीओमा झण्डै २ अर्बको आवेदन, माग भन्दा २०० गुणा बढी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 10:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरमा २०० गुणा बढीको आबेदन परेको छ। साधारण सेयर निष्काशनको अन्तिम दिन सम्ममा कुल ८७ हजार २  सय आवेदकबाट १ अर्ब ८८ करोड ३१  लाख रुपैयाँ बराबरको आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 

फाइल फोटो

साधारण सेयर निष्काशनको पहिलो दिन करिब १४ हजार आवेदकबाट ३० करोड ३० लाख बराबरको आबेदन परेको थियो । दोस्रो दिनसम्ममा ७२ गुणा बढीको आवेदन परेकोमा अन्तिम दिन सम्म आईपुग्दा २०० गुणा बढी आवेदन परेको एनआइबिएल क्यापिटल मर्चेन्ट बैंकिङ प्रमुख बद्रि प्याकुरेलले बिजपाटीलाई जानकारी दिएका छन्।

समताले पुष १९ देखि पुष २२ सम्म साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल ९४ हजार ८ सय कित्ता मध्य १ हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने ४ हजार ७  सय ४० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।  

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्सले कुल चुक्ता पुंजीको ३० प्रतिशत हुन आउने सेयर सर्वसाधारणमा निष्काशन गरेको हो। आइपीओ वितरणपछी समताको चुक्ता पुंजी ३ करोड १६ लाख पुग्ने छ भने सेयर स्वामित्व  अनुपात संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत हुने छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved