११ तले होटेलको जग खन्दा नक्सालस्थित मुल सडक भासियो, ट्राफिक अस्तव्यस्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 11:33:56 PM मा प्रकाशित

laxmi  sunrise bank

होटेल निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि अत्याधिक खन्दा नक्सालस्थित मुल सडक भासिएको छ । हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्याधिक खन्दा सडक भासिएको हो ।

 

नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा सडक भासिएको हो । सडकको आधा भाग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ भने ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको छ।

एघार तला निर्माण हुने भवनका लागि जमिनमुनि खन्दा नजिकैका घरहरु समेत धरापमा परेको भन्दै छिमेकीहरुले विरोध तथा चिन्ता व्यक्त गर्दै आएका थिए ।
 

हिल्टन वर्ल्डवाइडको विश्वभरि ४ हजार ८ सय २० होटेल छन् । भर्जिनिया मुख्यालय रहेको हिल्टन वर्ल्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्व सहित एक सय देशमा होटल एवं रिसोर्ट रहेका छन् । 

तस्विर : कृष्ण खड्को ट्वीटर 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved