शोक प्रस्ताव पारीत गर्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 12:35:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शोक प्रस्ताव पारीत गर्दै व्यबस्थापिका ससदको बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।  नेपाली काग्रेसका तर्फवाट २०१५ सालको प्रतिनिधि सभा सदस्य मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारितगर्दै संसद बैठक स्थगित भएको हो ।  तत्कालिन क्षेत्र नं १६ खोटाङ बाट निर्वाचित पोखरेलको ८७ बर्षको उमेरमा पुस १८ गते निधन भएको थियो ।

नेकपा एमाले सहितका प्रतिपक्षी दलले आज पनि संसद अवरोधलाई जारी राख्ने भएका छन्  ।  आज बिहान बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले यथास्थितिमा संसद चल्न नदिने निर्णय गरेको हो  । संसद्को अवरोध हटाउन सरकारले आफुहरुसंग कुनै छलफल नै नगरेको बिपक्षीको आरोप छ ।

बैठकले सर्वोच्च अदालतको आदेशमा पनि प्रदेश सभा गठन नभएसम्म सीमांकन हेरफेर गर्न नमिल्ने उल्लेख गरेकोले अहिले संसद चल्न नदिने निर्णय गरेको हो  । बैठकले संशोधन विधेयक संविधानसम्वत नभएको निष्कर्ष निकाल्दै यो विधेयक कुनै पनि हालतमा अगाडि बढ्न नदिने र बल पुर्वक अघि बढाए प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।   

 बैठकले संविधान संशोधन विधेयक बाहेक निर्वाचन सम्बन्धी विधेयक र अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई भने कुनै अवरोध नगर्ने निर्णय समेत गरेको छ  । 

सत्तापक्ष भने आजको बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने तयारीमा छ  ।  आजको कार्यसुचीमा समेत यो उल्लेख छ  । सत्तापक्ष र बिपक्षीको अडानका कारण आजको संसद बैठकमा तनाव हुन् सक्ने देखिएकाले अहिले सभामुखको पहलमा ३ दलका शिर्ष नेताहरुबिच छलफल चलिरहेको छ   ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved