१० प्रतिशतले बढ्यो २ कम्पनीको शेयर मूल्य, कारोबार रकम ४१ करोड मै सिमित  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 02:15:16 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से घटेको छ भने कारोबार रकमा सुधार आएको छ । कारोबार सुरु हुनासाथ नै ओरालो लाग्न थालेको नेप्से ६.६९ अंकले घटेर १४४७.४५ को बिन्दुमा रोकिएको छ  । आज होटेल समुहको सूचक बाहेक अन्य सबै सूचकहरु घटेका छन् । 

आइताबार कारोबारमा आएका १३१ कम्पनीका १७ लाख ६८ हजार सेयर खरिद बिक्रिबाट ४१  करोड रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको ९  करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा   नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंक रहेका छन।

आजको कारोबारमा एनबि इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, सजह विकास बैंक, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट  बैंकका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स, ज्योति विकास बैंक, पोखरा फाइनान्स, सगरमाथा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन। आज एनबि इन्स्योरेन्स र  कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved