बिपक्षीको नाराबाजीका बिच संसदमा संविधान संशोधन विधेयक पेश 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 02:40:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपक्षी दलहरुको नाराबाजी र विरोधका बाबजुत संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ।  नाराबाजी र हो हल्ला माझ नै नेमकिपाका सभासद प्रेम सुवालले दिएको विरोधको सूचना र चित्रबहादुर केसीले दिएको विरोधको सूचना नाराबाजी बिच बहुमतले अस्वीकृत गरेको छ। 

 बैठकमा कानुन मन्त्री अजय शंकर नायकले विधयेक प्रस्तुत गरेका थिए ।  बैठकमा   निर्वाचनसम्वन्धी दुई विधेयक पनि पेश भएका छन्  ।  

बैठकले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरेको छ ।

पटक पटकको छलफलमा सहमति हुन् नसकेपछि सभामुखकले प्रक्रिया अघि बढाएकी हुन् ।  संविधान संशोधन विधेयक टेबल भएसँगै सभामुख घर्तीले भोलिसम्मका लागि बेठक स्थगित गरेकी छन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved