'मान्छे एक पटक मर्छ, तर मलाई घडी काण्डले बारम्बार मार्ने काम भयो' : रामहरी खतिवडा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 05:14:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाली कांग्रेसका एक जना सांसदले १४ लाख पर्ने रोलेक्स घडी 'चोरेको'  भन्ने समाचार सामाजिक संजालमा भाईरल भयो । ओखलढुंगाका सांसद रामहरी खतिवडाले पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने रोलेक्स घडी चोरेको भन्ने आरोप लग्यो । 

आज सांसद खतिवडाले रोलेक्स घडी प्रकरणबारे स्पष्टिकरण दिदै पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले घडी कसरी आफ्नो गोजीमा आएको बारे सविस्तार बताए  । उनका अनुसार उनी बुधवार बिहान साढे ९ बजेतिर  र्‍याडिसन होटेलको क्लवमा पुगेका थिए । उनले प्रायः काठमाडौँमा हुँदा जिम जाने गरेको बताउदै त्यस दिन पनि जिममा केही समय बिताएँको स्वीकार गरे। उनले क्लबमा सामान राख्नको लागि लकरको व्यवस्था भएको भएपनी आफुले सधै लकरको चाबी त्यहीँ छोड्ने गरेको बताए । 


खतिवडाका अनुसर उनलाई त्यहि दिन गृह जिल्ला जानु थियो  । उनले त्यहाँ लगाएको ट्राउजर झोलामा हालेर  ओखलढुङ्गा तिर लागेको जानकारी दिए। बुधबार र बिहिबार जिल्लामा कार्यक्रममा व्यस्त भएको र बिहिबार बेलुका घरमा फर्कदा मात्र ट्राउजर लगाउन खोज्दा त्यसको गोजीमा घडी भेटिएको बताए । 

उनले भने ' बिहीबार ओखलढुङगाको रुम्जाटारमा अपाङहरुको खेलकुद कार्यक्रम थियो। दिन भर त्यही कार्यक्रममा व्यस्त भएँ। बेलुका घर फर्किएँ। पुस महिना भएकाले जाडो जाडो थियो। व्यागमा हालेको ट्राउजर लगाउन खोज्दा गोजीमा घडी भेट्टाएँ।'

त्यसपछि आफुले चिनेको र रोलेक्स घडी लगाउनेहरुलाई फोन गरेर सोध्दा कसैले पनि होईन भने पछि शनिबार र्‍याडिसनको काउन्टरमा घडी बुझाएको बताए । शुक्रबार काठमाडौँ पुग्दा रात परिसकेकाले शनिबार बिहान मात्र घडी बुझाएको उनको भनाइ थियो । 

उनले आफ्नो चरित्र हत्या गर्न कसैले यस्तो गरेको बताए  ।  उनले भने 'एक पल्ट गोली हानेर मारेको भए बरु मरेको मर्‍यै हुन्थ्यो तर मलाई जीवन भर मार्ने काम गरियो' । 

उनले एकजना माथि शंका गरेको बताउदै भने 'घडी हराएको दिन एक जनाले भेटिहालिन्छ भन्दै थिए रे, उनलै हालेको हुनपर्छ। मैले काउन्टरमा बस्नेलाई पनि सोधेको थिएँ। एक जनाले भेटिहालिन्छ भन्यो। म कसैको चरित्र हत्या गर्न चाहँदिन प्रमाणसहित फेला परेपछि मानिसको नाम भन्छु।'

उनले यसबारे प्रहरीलाई पनि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरीसकेका छन् । उनले भने 'त्यहाँ सिसिटिभी क्यामेरा होला, त्यसदिन त्यहा को को थिए थाहा हुन्छ, सत्य तथ्य बाहिर आउंछ' । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved