नेपाल लाईफको एफपीओमा आज देखि आवेदन खुला, कस्तो छ वित्तीय अवस्था ? कहाँ दिने आवेदन ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 10:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फर्दर पब्लिक अफरिङ, एफपीओमा आज पुस २७ गतेदेखि आवेदन खुला भएको छ।  इच्छुक लगानीकर्ताले इन्स्योरेन्सको एफपीओमा पुष २७ देखि छिटोमा माघ २ र ढिलोमा माघ १२ सम्म आबेदन दिन सक्ने कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ।  

इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्ता सम्मका लागि आबेदन दिन सक्ने सिद्दार्थ क्यापिटलले जनाएको छ।  इन्स्योरेन्सले ३० लाख ९६ हजार ४ सय २९ कित्ता सेयर प्रति कित्ता १ सय रुपैयाँमा १३२५ रुपैयाँ प्रिमियम मूल्य गरि प्रति कित्ता १४२५ रुपैयाँमा सर्वसाधारणमा एफपीओ निष्काशन तथा बिक्रि खुला गर्न लागेको हो।   

इन्स्योरेन्स कम्पनीले कायम सस्थापक र साधारण स्वामित्व रेसियो ७०:३० बनाउनका लागि आवश्यक पर्ने ३० लाख ९६ हजार ४२९ कित्ता थप नयाँ सेयर निष्काशनका लागि परिमार्जन मूल्य सहित आबेदन दिएपछि बोर्डले निष्काशनको अनुमति दिएको हो।  

यस अघि इन्स्योरेन्सले प्रति कित्ता  १०० रुपैयाँमा प्रिमियम मूल्य २८ सय ५१ रुपैयाँ राखी एफपीओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो।   

एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र साधारण सेयर रेसियो ७०:३० को अनुपातमा हुने छ भने चुक्ता पुंजी २ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ।हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १६ करोड चुक्ता पुंजी रहेको छ। प्रिमियम बापतको रकम कम्पनीको जगेडा कोषमा जम्मा हुने छ।   

नेपाल लाइफले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा २५८ प्रतिशतले बढाएर ५ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।जुन बिमांकीय मूल्यांकन अघिको हिसाब हो। यस अवधिमा १० लाख २० हजार बिमा लेख जारी गरेको छ। त्यस्तै दाबी भुक्तानी ४३ करोड रुपैयाँबाट बढेर ६० करोड पुगेको छ।  

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ८८ पैसा रहेको छ भने नेटवर्थ प्रति शेयर १२१ रुपैयाँ ९१ पैसा तथा मूल्य आम्दानीको अनुपात ३७२ दशमलब १७ गुणा रहेको छ।   यो पनि:नेपाल लाइफलाई एफपीओ निष्काशनको अनुमति, यस्तो छ कम्पनीको वित्तीय अवस्था 

आबेदन दिने स्थान:

यो पनि:नेपाल लाइफलाई एफपीओ निष्काशनको अनुमति, यस्तो छ कम्पनीको वित्तीय अवस्था

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved