सार्बजनिक बिदाबारे मन्त्रिपरिषद्को बैठकमा छलफल , गर्यो यस्तो निर्णय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 11:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार मन्त्रीपरिषदको बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई अवकास दिने निर्णय गरेको छ । बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।


आजको बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिकाृ अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved