जनता बैंकसँग मर्जर प्रक्रियामा रहेको त्रिवेणीको साढे ३ लाख कित्ता बढी सेयर लिलामी हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 01:57:29 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवेणी विकास बैंकले तीन लाख ५८ हजार ५९ कित्ता सेयर  लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले माघ १३ देखि सर्वसाधारण समूहतर्फको दुई लाख २९ हजार एक सय ४३ कित्ता र एक लाख २८ हजार नौं सय १६ कित्ता संस्थापक सेयर बोलकबोलमा बिक्रि गर्न लागेको हो ।

  बैंकले कात्तिक २३ गतेदेखि मंसिर २७ गतेसम्म २:१ को अनुपातमा हकप्रदमा बिक्री खुल्ला गरेको थियो । त्यस क्रममा बिक्रि नभएको सेयर लिलामीमा बिक्री गरिने भएको हो ।  

ईच्छुक लगानीकर्ताले  लिलामीको सेयरका लागि माघ १३ देखि माघ २० भित्र आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक  एस क्यापिटलले जनाएको छ।  बैंकको लिलाम शेयर खरिदका लागी इच्छुक लगानीकर्ताले बोलकबोल गर्दा प्रति कित्ता न्युनतम १ सय रुपैयाँका दरले कम्तिमा १ सय कित्ता हकप्रदका लागी आवेदन दिन सक्ने छन् । 

इच्छुक लगानीकर्ताले काठमाडौँ लालदरबार स्थित एस क्यापिटलको कार्यालय वा थापाथलीमा रहेको त्रिवेणी विकास बैंकको मुख्य कार्यालयमा माघ २०  गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। बोलपत्र माघ २१ गते दिउँसो ३ बजे लालकोलनीमार्ग,लालदरबारमा खोलिने छ ।

आबेदनका लागि लगानीकर्ताले एस क्यापिटल लिमिटेडको नाममा रहेको खाता नम्बर   0011043901CA2 मा वा त्रिवेणी विकास बैंकको खाता 025-966424401 मा लिलाममा खरिद गर्न चाहेको सेयर बराबरको रकम डिपोजिट गर्न सक्ने छन। 

बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा २४ करोड ९३ लाख खुद मुनाफा कमाएको थियो भने । बैंकको अन्तिम शेयर कारोबार मूल्य ३ सय ४६ रुपियाँ रहेको छ   ।

त्रिवेणी बैंक जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved