नेपाललाई गिज्याइरहेको पेरुको बिकास,नेपाली जनता र नेताले केहि सिक्ने कि ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 09:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्ध नेपाल बनाउने बहानामा यहाँ धेरै व्यवस्था परिवर्तन भएका छन। २०४० साल यता विभिन्न तन्त्र र बादहरु नेपाली जनताले सुन्दै र भोग्दै आएका छन। माओवादीले त जनयुद्दको नाममा धन, जन र संस्कारको कहिले नमेटिने मिठो छाप डोबेको छ। आर्थिक समृद्धि र परिवर्तनका नाममा २० हजार भन्दा बढी नेपाली नागरिकले ज्यान गुमाए। थुप्रै भौतिक संरचना भत्काइए।

जातियताको नाराले त देशमा कयौं बर्षदेखि कायम धार्मिक र जातीय सदभाब समेत खल्बलियो। जंगलमा बस्ने नेताहरु महलमा बसे तर यिनलाई साथ दिने जनताको अवस्था भने अहिले पनि उस्तै छ। राजनीतिक अस्थिरता, दण्डहीनता, भ्रस्टाचार, बेरोजगारी झनै मौलाउदै गएको छ। 

परिवर्तन र बिकासका नाममा ठुलो मूल्य चुकाएको नेपाललाई ल्याटिन अमेरिकी देश पेरुको बिकासले भने गिज्याइरहेको रहेको छ। एक दशकमा पेरुको गरिबी झन्डै आधाले घटेको छ भने त्यहाँको प्रति व्यक्ति आम्दानीमा उल्लेख्य सुधार आएको छ। आखिर पेरुको यस्तो अवस्था कसरि आयो त ? यहाँ हामी तपाइँलाई पेरुको विकासको अवस्था र कारण बारे केहि जानकारी दिने प्रयास गर्दै छौ। 

ल्याटिन अमेरिकी देश पेरुले आर्थिक तरक्कीको गतिलो उदाहरण पेश गरेको छ। पछिल्लो १० बर्षमा पेरुले आफ्नो गरिबी दर पचास प्रतिशतले घटाएको छ। यस प्रगतिले पेरुको पचास देखि २२ प्रतिशत जनसंख्याको जिबन प्रभावित भएको छ। पछिल्लो ५ बर्षमा ७० लाख मानिसहरुको गरिबी समाप्त भएको छ। 

त्यहाको गरिबी पुरै रुपमा शतप्रतिशत समाप्त नभएपनि लाखौ मानिसहरुको जिन्दगि पहिलेको तुलनामा राम्रो भएको बिश्वाश गर्न सकिन्छ। पेरुका ठुला सहरहरुमा यसको प्रभाब परकष्ट देख्न सकिन्छ। 

लिमाका एक जिल्लाका विला अल सालवाडोरको एक गाउँमा रहने टोनी पान्लोमिनोका अनुसार पहिले त्यो गाउँको गणना अभागीहरुको बस्तिमा हुन्थ्यो। तर अहिले यहाँ त्यो सबै सुबिधाहरु छन् जसको केहि बर्ष अघि हामि कल्पना गर्थ्यौ । टोनीका अनुसार उनले गरिबीका कारण आफ्नो भाई बहिनिको मृत्यु देखे। 

टोनी बताउछन 'पहिले यहाँ जिन्दगि निकै कठिन थियो। यहाँ पानि र बिजुली थिएन। मानिसहरुलाई खाना खोज्न कयौं दुरीको यात्रा पैदल हिड्नु पर्थ्यो।'


अन्तराष्ट्रिय संचार माध्यमसंगको कुराकानीमा पेरुका राष्ट्रपति पेडरो पैबलो क्यूचिंस्कले भनेका छन 'कयौं कोणबाट हेर्ने हो भने आज हामि पेरुको पहिचान गर्न सक्दैनौ। आज भन्दा दश बर्ष पहिले ट्रक चलाउने व्यक्तिहरुको गणना अहिले पेरुका प्रमुख उद्योगपतिहरुको नाममा अटाएका छन। आज पेरुको व्यवसायीहरु आफ्नो बिगतबाट पुरै अलग छन् र यो राम्रो परिवर्तनको संकेत हो। 

कसरि सुरु भयो पेरुमा यस्तो परिवर्तन ?
यस परिवर्तनको कथा सन १९९० को दशकबाट सुरु हुन्छ। ९० को दशकमा पेरुमा विश्व बैंकको ढांचागत परिवर्तनको कार्यक्रम अन्तर्गत अर्थव्यवस्थाको उदारीकरण गरिएको थियो। नयाँ बजारको लागि आफ्नो ढोका खोल्न अघि बढेको पेरुलाई आफ्नो खानिज पदार्थको लागि रेकर्ड निर्यातको मूल्य मिल्यो। चीनले यहाँका खनिज पदार्थ खरिदमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। 

विश्व बजारलाई आफुमा आकर्षित गरिरहेको पेरुमा बिदेशी मुद्रा उल्लेख्य रुपमा भित्रियो। यसक्रममा सार्वजनिक ऋण र महंगीको दरमा कमि आयो र घरेलु बचत बढ्यो। यस कारण पनि पेरुलाई आज ल्याटिन अमेरिकी देशहरुमा सबै भन्दा तिब्र गतिमा अघि बढेको अर्थव्यवस्था भएको राष्ट्रको रुपमा लिइन्छ।  

आज पेरुमा पैसाको बर्षात भएको छ। सन १९९० मा निर्यात तीन हजार मिलियन डलर थियो जुन २०१० मा यो बढेर ३६ हजार मिलियन डलर पुगेको छ। सरकारी नीतिहरुको कारण बजेट र रोजगारीमा कटौतीलाई प्रोत्सहान मिल्यो। यसको बिरोधमा पेरुका जनता सडकमा उत्रिए। 

मात्रै सरकारी नीतिमा भएको परिवर्तनले पेरु यो अवस्थामा आएको होइन। यसमा यहाँको जनताको सक्रिय भूमिका महत्त्वपूर्ण रह्यो। अल्बर्टो फुजिमोरीको सरकारको समय पेरुको अर्थव्यवस्था स्थिर भयो त्यसपछि विकासको रुप लियो। त्यसो त उनि अहिले मानब बिरुद्द गरिएको अपराधको सजाय काटिरहेका छन। 

टोनी बताउछन-'हामीलाई सुरु बाट यो थाहा थियो कि कुनै बाहिरि सहयोग हामीलाई मिल्ने वाला थिएन। पानि , बिजुली यो सबै सुविधाका लागि हामीले लड्नु पर्छ भन्ने थाहा थियो।

हाम्रोमा एक भनाइ छ 'हाम्रो साथ केहि छैन त्यसैले हामीलाई हरेक काम गर्नु पर्छ' त्यसैले हामीले बिद्यालय देखि खेल्ने मैदान सम्म आफै बनायौं। यहाँ सबै कुरा तब सम्भब भयो जब हामिले यी सुविधाका लागि सरकारी कार्यालयको अगाडी प्रदशन गर्यौ। सरकारले हामीलाई केहि दिन आएको थिएन, मात्रै माग पुरा गर्न हामीले सरकारलाई बाध्य बनायौं र अहिले यो सब हासिल गर्यौं'

जनता रिसाएका थिए र सरकारले सहि समयमा यसलाई देख्यो। सरकारलाई जनताको समर्थन को जरुरत थियो त्यसैले उसले जनताको माग पुरा गर्यो। 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved