३३ किलो सुन प्रकरण : विमानस्थलका २ भन्सार अधिकृत पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 10:35:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका २ जना अधिकृतलाई पक्राऊ गरेको छ । साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा सीआईबीको टोलीले उनीहरुलाई पक्राऊ गरेको हो। अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम भनेसीआईबीले सार्वजनिक गरेको छैन्। 

केहि दिन अघि सीआईबीको टोलीले त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर ल्याईएको साढे ३३ किलो सुन विमानस्थल गेटबाट बरामद  गरेको थियो । 

सुन बरामद भएपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।  विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सीआईबीले आफ्नो छुट्टै अनुसन्धान जारि राखेको छ  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved