साता भर नेप्सेमा २५ अंकको वृद्धि, लगानीकर्ताले यसरी कमाए ३१ अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 02:11:55 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ  ।  नेप्से ३.३५ अंकले बढेर १४७९.८६ को उचाईमा पुगेको छ। 

यस दिन होटेल्स समुह बाहेक अन्य सूचक बढेका छन। बिहिबार रोबारमा आएका १ सय २० कम्पनीका २६ लाख ६७ हजार कित्ता सेयर खरिद बिक्रिबाट ३२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बढी कारोबार हुनेमा सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम, लक्ष्मी बैंक, सिद्दार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंकको संस्थापक शेयर  रहेका छन। 

बिहिबारको कारोबारमा कमाउनेमा खानीखोला हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, ललितपुर फाइनान्स, अरुण फाइनान्सका  लगानिकर्ता रहेका छन। खानीखोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स, एनबी इन्स्योरेन्स, जन उत्थान समयुदायिक लघुवित्त , हाम्रो विकास बैंकका लगानीकर्ता रहेका छन। 

साता भर नेप्से २७ दशमलब ७२ अंकले बढेको छ । यस साताको पहिलो दिन आइतबार १४४७ दशमलब ४५ अंकको साथमा सुरु भएको सेयर कारोबार साताको अन्तिम दिन बिहिबार सम्म आइपुग्दा २७ अंकले बढेर १४७९ दशमलब ८६ को बिन्दुमा पुगेको छ।  

 त्यस्तै बजार पुँजीकरण भने ३१ अर्ब ८९ करोड रुपैयाँले बढेर १६ खर्ब ६० अर्ब २७ करोड रुपैयाँ पुगेको छ।  अघिल्लो साताको अन्तिम दिन बिहिबार बजार पुँजीकरण १६ खर्ब २८ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो।  यस हिसाबले बजारमा कारोबार रकम खुम्चिदै गएको अवस्थामा समेत लगानीकर्ताले ३१ अर्ब ८९ करोड रुपैयाँ कमाएका छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved