काहुरास्टको पत्रकारसंग अन्तरक्रिया            

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 03:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले संचारकर्मीसँग अन्तरक्रिया गरेको छ। आफ्नो स्थापनाको दश वर्ष पुगेको अवसरमा काहुरास्टले संचारकर्मीसँग छलफल कार्यक्रम गरेको हो । 

कार्यक्रमंमा सस्थाका अध्यक्ष विष्णुपुकार श्रेष्ठले हालसम्म ६५  जिल्लामा शाखा स्थापना गरी ७५ वटै जिल्ला कार्य गरेको जानकारी गराएका थिए। श्रेष्ठले मानवअधिकारका सन्दर्भमा विभिन्न तालिममार्फत जनचेतना अभिवृद्धि गर्ने, मानवअधिकारको विकासमा भूमिका खेल्ने र गाउँगाउँमा मानवअधिकारकर्मी उत्पादन गर्नु नै संस्थाको लक्ष्य रहेको बताए । समाजमा सदाचारिता कायम गर्ने कार्यमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न काहुरास्ट तत्पर रहेको पनि अध्यक्ष श्रेष्ठको भनाई थियो। 

काहुराष्ट्रले विभिन्न राजनीतिक दलका युवाहरुसँग प्रजातन्त्र र शान्तिका विषयमा मानवअधिकार तालिम दिएको, सभासद्हरुसँग छलफल गरेको, देश संघीयतातर्फ उन्मुख भैरहेका बेला संघीयताका बारेमा बहस कार्यक्रम सम्पन्न गरेको कार्यक्रममा जानकारी गराईएको थियो  । 

समाजमा सबैलाई अधिकार सम्पन्न बनाउने र समाजमा उत्पिडनमा परेका सबैलाई राज्यको सबै अंगहरुमा पहुँच पु¥याउनु संस्थाको दीर्घकालिन लक्ष्य रहेको छ । कार्यक्रममा  सहभागी सञ्चारकर्मीले मानवअधिकारको निश्चित एउटा क्षेत्र छनौट गरी अघि बढ्न सकियो भने उपलब्धि देखिने गरी परिणाम आउने सुझाव दिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved