१५ किलो सुन बरामद भएकै दिन ठुलो मात्रामा बिदेशी मुद्रा सहित ४ पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 01:58:02 AM मा प्रकाशित

laxmi  sunrise bank

१५ केजी सुन बरामद भएकै दिन ठूलो मात्रामा अमेरिकी डरल र यूरो सहित तीन जना चाइनिज नागरिक पक्राउ पारेका छन। काठमाडौंबाट रसुवा जाने क्रममा नागढुङगाबाट गएराती २ बजे दुई जना महिला र एक जना पुरुष पक्राउ परेका प्रहरीले जनाएको छ।

सुराकीको आधारमा बा १ ञ १२ ३२ नम्बरको स्कोरपियो जिपको फलस बटम भित्र २ लाख ६० हजार अमेरिकी डलर, १ लाख १८ हजार यूरो र केही अष्ट्रेलियन र क्यानेडियन डलरसहित उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको जनाइएको छ। 

सुराकीको सुचनाका आधारमा ठूलो परिमाणमा डलर तस्करी गर्नेहरुलाई पक्राउ गरिएको एसएसबी सवेन्द्र खनालले जानकारी दिएका छन। चाइनिज नागरिकहरु सहित जिपका चालक पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाईएको जनाइएको छ।      
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved