घुम्ती शिविरबाट ५ सय ३८ लाई नागरिकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 03:33:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सेवाग्राहीलाई गाउँघरबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा आयोजित एकीकृत घुम्ती शिविरबाट पाँच सय ३८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ। 

जिल्लास्थित सरकारी कार्यालयद्वारा बिहीबार आयोजित शिविरबाट ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी र लिसङ्खुसहित पाँच गाविसका बासिन्दालाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

टाढाटाढाबाट आएका सेवाग्राहीलाई ध्यानमा राखी चिसोको समेत पर्वाह नगरी राति ९ बजेसम्म बसेर सेवा प्रदान गरिएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले बताए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved