एनसेलसँग पूँजीगत लाभांश कर तत्काल उठाउन निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 01:32:42 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रिबापतको कर नउठाउने व्यक्तिमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनः निर्देशन दिएको छ । यसअघि दिएको निर्देशन अनुसार प्रतिवेदन प्राप्त नभएको भन्दै समितिले अख्तियारलाई पुन निर्देशन दिएको हो ।

समितिको आइतबार बसेको बैठकले एनसेलसँग पूँजीगत लाभांश कर तत्काल उठाउन  पनि सरकारलाई निर्देशन दिएको छ । समितिले एनसेलबाट पूँजीगत लाभांश कर तीन महिना भित्र चुक्ता गरी सक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले एनसेल खरिद बिक्रिमा भएको प्रगतीको बारेमा आन्तरिक राजस्व विभाग र ठुला करदाता कार्यालयसँग सम्पूर्ण प्रगती विवरण पनि माग गरेको छ । बैठकमा अर्थसचिव सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भैरहेको जानकारी दिएका थिए।  

बैठकमा सांसदहरुले कर नतिरेसम्म एनसेललाई प्रतिबन्ध लगाउनका साथै तिर्नुपर्ने सम्पूर्ण कर भुक्तानी नगरेसम्म फोरजी सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved