बढ्दै स्वास्थ्य बिमाको प्रभाकारिता, ३ बर्षमा आधा लाखले गरे बिमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 10:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको स्वास्थ्य बिमाको प्रभावकारिता बढ्दै गएको पाइएको छ  । कैलाली, इलाम, र बाग्लुंगबाट सुरु भएको बिमा कार्यक्रम अहिले १३ जिल्लामा फैलिई सकेको छ  । बिमितको दायित्वमा आधारित यो बिमाको दायरामा ३ बर्षमा ४८ हजार नेपाली नागरिक अनुबन्धित भएको स्वास्थ्य बिमा कार्यक्रमले जनाएको छ  । 

जीवन तथा निर्जीवन बिमा समेत प्रभावकारी बन्न नसकीरहेको बेलामा स्वास्थ्य बिमाले छोटो समय मै फड्को मारेको जानकारले बताएका छन्  । प्रत्येक ३ महिनामा पांच जिल्ला थप्ने लक्ष्य सहित अगाडी बढेको बिमा कार्यक्रमलाई केहि बर्ष भित्र देशब्यापी बनाउने लक्ष्य लिइएको कार्यक्रमले जनाएको छ  । 

लामो समयदेखि स्वास्थ्य बिमाको बहस भएपनि डा. गुणराज लोहनी कार्यक्रमको कार्यकारी निर्देशक भएदेखि यसले गति लिएको स्वास्थ्य बिभागका एक उच्च अधिकारीले जनाए । मोडालिटीका बारेमा रहेका अस्पष्टता लोहनीको सक्रियतामा समाधान भए संगै स्वास्थ्य बिमाले गति लिएको ति उच्च अधिकारीले बताए । 

यसअघि अन्य बिमा कार्यक्रम जस्तै निजि बिमा कम्पनीहरु मार्फत स्वास्थ्य बिमा अगाडी बढाउने प्रयास भएपनि यो सम्भव हुन् सकको थिएन  । अन्तत: डा लोहनीले सरकारी स्वामित्व मै स्वास्थ्य बिमा अगाडी बढाउने मोडालिटी तयार पारेको ति उच्च अधिकारीले बताए  । हाल १३ जिल्लामा संजाल विस्तार गरेको कार्यक्रमले चितवन, झापा , भक्तपुर र तनहुँ जिल्लामा कार्यक्रम विस्तार गर्ने बताएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved