बिक्रि चाप बढ्द शेयर बजारमा भारी गिरावट, ११८ कम्पनीका लगानीकर्ताले गुमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 02:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन सोमबार बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।  आइतबार बजार परिसूचक नेप्से ६५.४४ अंकले घटेर १३०९.७० को बिन्दुमा पुगेर रोकिएको छ भने ११ लाख २६ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५३ करोड ६६  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै २ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, सिद्दार्थ बैंक, प्रभु बैंक, बैंक अफ काठमाडौँ लुम्बिनी रहेका छन् ।

सोमबारको कारोबारमा आएका सबै सूचकहरु घटेका छन। जसमा बैंकिंग समुह ६०.५५ अंकले घटेको छ भने बिमा समुह ५४६.५५  अंकले ओरालो लागेको छ । त्यस्तै सोमबारको कारोबारमा कमाउनेमा अरुण हाइड्रो , ओरियन्टल होटेल्स, राष्ट्रिय बिमा कम्पनि, रिलायबल फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यी ५ कम्पनि मध्ये अन्य सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

बढी गुमाउनेमा प्रुडेन्शियल इन्स्युरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टी होटेल, सगरमाथा इन्स्योरेन्स लगायतका लगानीकर्ता रहेका छन् ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved