अनलाइन ट्रेडिङबारे बजारमा 'दुई थरी हल्ला', यस्तो छ यथार्थ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 11:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा सेयरको कारोबारका लागि पूर्ण स्वचालित प्रणाली अर्थात् फूल्ली अटोमेटेड अनलाइन ट्रेडिङ सिस्टम भित्राउने प्रक्रियाले पुन गति पाउने भएको छ ।  बिभिन्न विवादका कारण झन्डै २ बर्षदेखि पछि धकेलिदै आएको अनलाइन ट्रेडिङ सिस्टम भित्राउन गत पुस महिनामा अदालतले बाटो खोलिदिएको थियो । 

अनलाइन ट्रेडिङ प्रक्रिया अगाडी बढाउन अदालतले बाटो खोलिदिएको करिब ३५  दिनपछि नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबिच मंगलबार प्रक्रिया अघि बढाउन सहमति भएको हो । नेप्से र बोर्डबिच अनलाइन ट्रेडिङ सिस्टम भित्राउन  यस अघि नै छनौट भई सकेको वाईको कम्पनीबाट अन्तर्राष्ट्रिय सेयर बजारमा अभ्यासमा रहेको अनलाइन ट्रेडिङ मापदण्ड अनुसारको फूल्ली टेष्टेड सफ्टवेयर भित्राउनको लागि प्रक्रिया अघि बढाउने सहमति भएको हो । यस प्रकियालाई तिब्र रुपमा अघि बढाउन वाईकोले नेप्सेसंग पेस्की समेत मागेको बुझिएको छ। यस प्रकियालाई अघि बढाउन के कति रकम थप गर्नु पर्ने हो र वाईकोले कति रकम पेस्की मागेको हो भन्ने बारे खुलाइएको छैन।

बजारमा हिजो बुधबार  अनलाइन ट्रेडिङ प्रक्रिया अघि बढाउने सहमति भएको समाचार चुहावट भएपछि लगानीकर्ता उत्साहित भएका थिए । तर अहिले बोर्ड र नेप्सेबिच मात्र सहमति भएकाले अनलाइन ट्रेडिङ प्रक्रिया ल्याउन दुर्त गतिमा काम भएको खण्डमा पनि अझै कम्तिमा ६ देखि ८ महिना लाग्न सक्छ।

प्रक्रिया अगाडी बढाईएको यत्तिका लामो अवधि सम्म अड्किएको अनलाइन ट्रेडिङ रातारात कार्यन्वयनमा आउँन लागेको नभई काम गर्ने प्रकया अघि बढेको हुनाले यसैलाई आधार बनाएर लगानीको निर्णय लिनु लगानीकर्ताको लागि घातक हुन सक्ने जानकार बताउछन। केहि दिन यता बजारमा चालिएको चर्चा र त्यसको प्रभाबमा  नेप्सेमा आएको तिब्र उतार चढाबबीच लगानीकर्ताले हल्लाको पछि नलागी संयमित भएर लगानी गर्नु उचित हुने जनाइएको छ।

यस अघि वाईको कम्पनीले नै नयाँ सफ्टवेयर जडानका लागि भएको सम्झौता अनुसार काम अघि नबढाइको भन्दै अदालतमा मुद्दा दायर गरेपछि प्रक्रिया रोकिएको थियो। बोर्डले सफ्टवेयर महँगो भएको, वाईको कम्पनीले यस अघि कसैलाई पनि त्यस्तो सेवा नदिएको र उनीहरुको  सफ्टवेयर अन्तर्राष्ट्रिय स्तरमा फूल्ली टेष्टेड नभएकोले सम्झौता रोकी फूल्ली टेष्टेड सफ्टवेयर ल्याउन निर्देशन दिएको थियो  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved