यस्ता छन आजका मन्त्रिपरिषद बैठकका ६ महत्त्वपूर्ण निर्णयहरू

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 07:32:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ। बिहीबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले २०७४ बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय लिएको हो । सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। 

आजको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिन एक कार्यदल पनि बनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी सदस्य रहेका छन।  कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।

त्यस्तै आजको बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भट्टराईलाई पठाउने निर्णय गरेको छ । त्यसै गरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ । 

बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved