लोकमानमाथिका ६ अभियोग पुष्टि, हेर्नुस कुन कुन पुष्टि भए ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 12:26:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि लागेका ७ मध्ये ६ वटा अभियोग पुष्टि भएको छ । व्यबस्थापिका संसदको महाभियोग उपसमितिले कार्कीमाथि व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा उल्लेखित  ६ वटा अभियोग पुष्टि गरेको हो । 

के के लागेका थिए अभियोग ? 

१)  नेपालको संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको

२) नेपालको संविधान विपरीत केही चिकित्सकहरुलाई कारवाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनाधिकृत निर्देशन दिएको

३) आफ्ना नातेदारको लगानी रहेको किस्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीका लागि सिट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनाधिकृत रुपमा निर्देशन दिएको ।

४) काठमाडौँ विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनाधिकृत रुपमा हस्तक्षेप गरेको  । 

५ ) अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनप्रतिकुल कामकारवाही गरेको  ।

६ ) आफूसँग असहमत व्यक्तिहरुमाथि प्रतिशोधपूर्ण रुपमा बिनाकारण कारवाही चलाएको  ।

७ ) सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएको   ।

गत ३ कार्तिकमा संसदका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । ति ७ अभियोग मध्ये सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएको बाहेकका सबै अभियोग पुष्टि भएको हो  । 

उपसमितिले महाअभियोग समितिमा २६ माघमा बुझाएको प्रतिवेदनमा  अदालतको म्याद तामेल गर्न नदिएको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाईसकेकाले त्यस विषयमा बोली रहनु नपर्ने उपसमितिको ठहर छ । 

समितिमा छलफल पछि प्रतिबेदन संसदमा पेश हुने छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved