पुननिर्माण प्राधिकरणका सीइओलाई बोलाएर लेखा समितिमा छलफल, दियो यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 04:00:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्यबस्थापिका संसदको सार्बजनिक लेखा समितिले पुननिर्माण प्राधिकरणको काम गराई र प्रक्रिया नमिलेको भन्दै अशन्तुष्टी व्यक्त गरेका छ । बुधबार सिंहदरबार स्थित संसद सचिवालयमा बसेको बैठकले भूकम्पपछिको पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेल र सचिव डा. सञ्जय शर्मालाई बोलाएर छलफल गरेको हो  । सीईओ र सचिव द्वयले प्राधिकरणका काम कारबाहीहरु, गैरसरकारी संस्थाको परिचालन, बजेट र खर्चको विवरण, समस्या र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

छलफलपछि समितिले आवास निर्माणका लागि पहिलो किस्ता नपाएका भूकम्पपीडितलाई एक महिनाभित्रै पहिलो किस्ताको बजेट दिईसक्न भनेको छ र तीन महिनाभित्र दोस्रो किस्ताको बजेट दिईसक्न निर्देशन दिएको छ  । समितिले आगामी वर्षा अगावै भूकम्प पीडितलाई सुरक्षित आवासको व्यवस्था गर्न पनि भनेको छ ।

समितिले सरकारलाई पुनर्निर्माण सम्बन्धि बजेट प्राधिकरणकै कोषबाट सञ्चालन हुने व्यवस्था गर्न निर्देशन दिएको छ भने प्राधिकरणलाई पुनर्निर्माणको कामबारे प्रतिमहिना समितिलाई जानकारी गराउन निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved