टाइम्सले जित्यो ५६ बिद्यालय सहभागी हाजिरी जवाफ प्रतियोगिता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 11:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

दि टाइम्स इन्टरनेशनल कलेजको टि टि आई सी साइन्स क्लबले आयोजना गरेको प्रथम रनिंग शिल्ड भिजुवल क्वीज  हाजिर जवाफ प्रतियोगिता २०७३ मा आयोजक टाइम्स कलेजले नै प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा टाइम्सका प्रजवल कोइराला र सौरभ खनालको समुह प्रथम भएका हुन्  । 

उपत्यकाका ५६ वटा माध्यमिक र उच्च माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा होराइजन उच्च माविका शेखर भट्टराई र अपिल चौधरीको समुह दोस्रो भए। त्यस्तै आयोजक टाइम्स कलेज कै सरोज खनाल र विजय भट्टराईले तेस्रो स्थान हात पारेको कलेजले जनाएको छ  । 

आयोजक टाइम्स कलेजले पूर्ण श्रब्य दृश्य प्रबिधिमा आधारित हाजिर जवाफ प्रतियोगिता देश मै पहिलो पटक आयोजना गरिएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved