'जाग नेपाली, घुस्याहालाई घुस्याहा भन्न सक नेपाली' भन्दै विवेकशील नेपाली दल सडकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 11:32:55 PM मा प्रकाशित

laxmi  sunrise bank

“जाग नेपाली घुस्याहालाई घुस्याहा भन्न सक नेपाली” भन्ने मुल नारा सहित विवेकशील नेपाली दलले आज दरबारमार्ग स्थित शेर्पा मल अगाडी भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण प्रदर्शनी गरेको छl  

दलले मंगलबार बेलुकी आयोजना गरेको प्रदर्शनमा दलका सदस्यहरु र  सडकमा हिड्दै गरेका सर्वसाधारणले साथ दिएका दलले जनाएको छ । कार्यक्रममा झ्याली संगीत सहित भद्र तथा शान्तिपूर्ण रुपमा प्रदर्शनी गरेको थियो l

आम नागरिकलाई भ्रष्टाचार विरुद्ध सचेत गराउने उदेश्यले दलले गत माघ महिना देखि सहरको विभिन्न शपिंग सेन्टरहरु, क्याफे तथा सडकबाट संदेश मुलक नारा सहित उक्त अभियानको थालनी गरेको जनाएको छ।

देश भित्र खुलेआम भ्रष्टाचार भइरहँदा पनि आमनागरिकहरु मौन रहने वा सामान्य रुपमा लिदाँ यो संस्कार कै रुपमा विकसित हुदै गएकाले त्यसलाई रोक्नका लागि पार्टीले कदम उठाएको पार्टीद्वारा जारि बिज्ञप्तिमा जनाईएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved