आफन्तको पहिचान नहुँदा नयाँ दिल्लीमा एक नेपालीको शव अलपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 12:14:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ। दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु थापाको शव अलपत्र परेको हो।

 आफु बसिरहेको घरको चौथो तलाबाट खसेर थापाको मृत्यु भएको थियो । फागुन १६ गते दिन दयाल अस्पतालाले उनलाई मृत घोषणा गरेपनि उनको ठेगाना र आफन्त पता नलाग्दा शब बुझाउन र अन्तिम सस्कार गर्न नसकिएको प्रवासी नेपाली मन्चका केन्द्रिय नेता गोपाल थापाले बिजपाटिलाई जानकारी दिए । 

मृतकले अत्याधिक रक्सी सेवान गरेकोले घरको चौथो तलाबाट खसेको घर धनीले आफुलाई बाताएको थापाले जानकारी दिए। कहिले मृतकको घर दाङ भएको अपुष्ट जानकारी दिएको भएपनि बास्तबिक ठेगाना पत्ता नलाग्दा शव अस्पतालामा नै रहेको थापाले बताए।

थापाका अनुसार मृतकको ठेगाना पत्ता लगाउन भारत स्थित नेपाली दुतावास मार्फत समेत प्रयास भईरहेको भए पनि ठेगाना पत्ता लाग्न सकको छैन ।मृतक थापा लामो समय देखि दिल्लीमा बस्दै आएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved