परिमार्जनसहित संशोधन विधयेक पारित नभए चुनावको विरोधमा सशक्त आन्दोलन : यादव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 02:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मोर्चाका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र चुनावको विरोधमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने,‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त प्रतिवाद गर्छौं।’ उनले सरकारसँग मोर्चाले तीन बुँदे सम्झौता गरेकोमा अहिलेसम्म कार्यान्वयन नुहुनु दुःखदायी कुरा भएको गुनासो पोखे।

यादवले भने,‘सरकारसँग मोर्चाले गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म केहीपनि कार्यान्वयन भएन, अहिलेसम्म सहिद घोषणा भएन, मुद्दा फिर्ता भएन, बरु उल्टै मुद्दा लगाउने काम भएको छ, औषधी उपचार दिईएन्।’

उनले निर्वाचन घोषणा गर्नु संघीयतालाई समाप्त पार्नु भएको समेत आरोप लगाए। उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन अपुरो, अधुरो रहेको आरोप लगाए।

उनले संशोधन प्रस्ताव पारित नभए प्रलय आउने समेत चेतावनी दिए। उनले संशोधन प्रस्ताव परिमार्जनसहित नै पारित गर्नुपर्ने बताए। उनले भने,‘सरकारले विश्वासघात गर्दैछ, मधेशी मोर्चा मध्यमार्गी भएर देशलाई एकता बनाउनमा केन्द्रित छ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved