एउटाको आवेदन नम्बरमा कसरी अर्कैलाई पर्यो शेयर ? यसो भन्छ बिक्रि प्रबन्धक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 04:17:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कुनै पनि कम्पनीको साधारण शेयर (अईपियो वा एफपिओ) भरेपछि शेयर बाँडफांड बह्येको दिन उत्सुक भएर पर्यो कि परेन भनेर हेर्ने धेरै नै हुन्छन । अनि आफ्नो आवेदन पत्रमा उल्लेख भएको  सिरियल नम्बरलाई शेयर परेको थाहा पाउँदा जो कोहि पनि हर्षित हुन्छ। तर आफ्नो आवेदनमा उल्लेख सिरियल नम्बर संगै भएको नाम भने आफ्नो नभई अर्कै लगानीकर्ताको पारिदिंदा के हाल होला ?

हो, यस्तै भएको हालै फरवार्ड कम्युनिटीको आईपिओ भरेका लगानीकर्ता सजाय भण्डारीलाई । उनले आफ्नो र आफ्ना भाउजुहरुको नाममा शेयर भरेका थिए  । उनले १७०५६ मा आफ्नो, १७०५७ मा  लक्ष्मी भट्टराई र १७०५८ मा यशोदा न्यौपानेको शेयर भरेको अर्धकट्टीबाट देखिन्छ । 

 बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगले सार्बजनिक गरेको सुचीमा माथि उल्लेखित तिन वटै सिरियल नम्बरलाई शेयर परेको देखाएको छ तर शेयर परेको व्यक्ति भने फरक छ । सुचीमा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिन्छ ।  

यसै बिषयमा अशन्तुष्टी प्रकट गर्दै भण्डारीले भनेका छन् 'कस्तो अचम्म ? म अनि भाउजुहरुको नाममा भरेको फरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएको अरु तीन जनालाई सेयर परेको देखिन्छ । नबिल इन्भेष्टले के गरेको यस्तो ? अब मैले सेयर पाउने कि नपाउने साथीहरु ? हाम्रो आवेदन फारम अनि सेयर परेको मान्छेको आवेदन नम्बर कसरी एउटै भयो ?'

उनले प्रमाण स्वरुप अर्धकट्टीको फोटो समेत उपलब्ध गराएका छन् ।

 भण्डारी भन्छन   ‘नेपाल लाइफको एफपीओमा पनि यस्तो भएको छ भन्ने सुनेको छु । आज मलाई पर्यो, भोलि अर्कोलाई पर्नसक्छ । त्यसैले बेलैमा निराकरण हुनुपर्छ ।' शेयर बाँडफांडमा त्रुटी भएको र धितोपत्र बोर्डले यसबारे कदम चाल्नु पर्ने उनको माग छ । साथै उनि प्रश्न गर्छन ' आबेदन नम्बर एउटाको, सेयर पाउनेको नाम अर्कोको हुँदा अब सेयर कसले पाउने ?'

 यस घटनालाई बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग भने सामान्य मान्छ । मर्चेन्ट बैंकिंग प्रमुख अनुज थापा भन्छन 'फरक फरक वितरण केन्द्रबाट आवेदन आउने भएकाले सिरियल नम्बर समान हुन सक्छ, पहिला पनि भएका छन् ' ।

उनले सिरियल नम्बरलाई मात्र आधारण मानेर शेयर बाँडफांड नहुने दाबी गरे ।  ' सबै संकलन केंद्रबता आवेदन आईसकेपछि हामी ३ पुस्ते नाता हेरेर त्यसको आधारमा सबैलाई 'युनिक' सिरियल नम्बर प्रदान गर्छौ' उनी भन्छन 'त्यहि युनिक सिरियल नम्बरको आधारमा शेयर बाँडफांड हुन्छ, आवेदनमा भएको नम्बरले फरक पार्दैन'।

युनिक नम्बर प्रदान गरेर शेयर बाँडफांड गर्दा सिरियल नम्बर दोहोरियर कुनै समस्या नहुने पनि उनको दाबी थियो । 

थापाको भनाईलाई मान्ने हो भने यसमा कुनै समस्या छैन र शेयरको हकदार भण्डारी होईनन । तर भण्डारीले यस बिषय धितो पत्र बोर्डमा उजुरी गर्ने र ति शेयरहरु आफु र भाउजुहरुले पाउनु पर्ने दाबी गरेका छन् । यसबारे बोर्डले कस्तो कदम चाल्ला, त्यो भने हेर्न बाँकी छ ।

हेर्नुस भण्डारीले प्रमाण स्वरुप उपलब्ध गराएका तस्विर ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved