महिला दिवसमा पुरुषहरुको 'मेन्स मार्च', महिला तथा बालिका हिंसा विरुद्ध प्रतिबद्धता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 11:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

झन्डै १०० जना युवाहरूको एक समूहले फागुन २५ गते अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ¥याली निकाल्दै महिला तथा बालिका माथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन्।


१६ वटा संस्थाहरूको आयोजनामा भएको पदयात्रा ललितपुरको जावलाखेलबाट सुरु भई गाबहाल, मङ्गलबजार हुँदै पाटन दरबार क्षेत्रमा आई कोण सभामा परिणत भएको थियो। पुरुषहरूका अतिरिक्त करिब एक दर्जन महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए। 

कार्यक्रममा सहभागी भएका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले पुरुष भएर जन्म लिनु  कुनै पनि अर्थमा महिला माथी हिंसा र दुव्र्यबहार गर्नु भन्ने नबुझाउने प्रष्ट पारे । सभामा युवा अधिकारकर्मी तिलोतम पौड्याल र नरेन खतिवडाले ऐक्यवद्धता मन्तव्य दिएका थिए भने युवा कवि नवराज खतिवडम र रुविना श्रेष्ठले महिला हिंसा विरुद्दका कविता वाचन गरेका थिए ।  

कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्जोग ठकुरीले पुरुषहरुको प्रतिबद्धता जाहेर गर्न सन २०१४ देखि यो कार्यक्रम समन्वय गरेको बताउदै आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने बिश्वास दिलाए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved