डिसहोमका सेवाहरु मोबाइल एप्स र वेबसाइटबाट, एससिटिको एटिएम कार्डबाट सजिलै रिचार्ज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 04:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले आफ्नै मोबाइल एप सुरु गरेको छ। सेवालाई थप सहज बनाई ग्राहकहरुलाई विभिन्न सुविधा सहज रुपमा उपलब्ध गराउन एप सुरु गरेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार उपभोक्ताहरुले एप मार्फत सेवाहरु रिचार्ज गर्न र बजारमा उपलब्ध कार्ड खरिद गरी एप मार्फत रिचार्ज गर्न सक्ने छन। कार्ड मार्फत रिचार्ज नभएको अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुको सेवामको लाइन काटिएमा ३ दिनको लागि सेवा थप गरी पुन: खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन्। यसका साथै एप मार्फत  ब्यालेन्स बुझ्न, कार्यक्रम तालिका हेर्न, वितरकहरुसंग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved