केन्द्रिय बहिरा क्याम्पसलाई त्रिवेणी वैंकको साथ, ५ लाख आर्थिक सहयोग 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 04:44:48 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवेणी विकास वैंक लिमिटेडले आफ्नो १३औ वार्षिक स्थापना दिवसको उपलक्ष्यमा बहिरा अपाङ्गता भएका विधार्थीहरुले सांकेतिक भाषाको माध्यमबाट निःशुल्क अध्ययन गर्ने केन्द्रिय बहिरा क्याम्पस, नक्सालको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।  त्रिवेणी विकास वैंकका संचालक समितीका अध्यक्ष श्री लंङ्क वहादुर केसीले उक्त रकम वरावरको चेक बहिरा क्याम्पस संचालक समितीका अध्यक्ष प्रा.डा. प्रभा कुमारी हमाललाई हस्तान्त्रण गरे।  

त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन लिई श्रवण क्षमता गुमेर उच्च शिक्षाको अवसरबाट बञ्चित हुनु परेका बहिरा समुदायका छात्रछात्राहरुलाई  सांकेतिक भाषाका माध्यमबाट अध्ययन गराउने उक्त सामुदायिक क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धी तथा व्यवस्थापन सुधारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो। 

छोटो समयमा राम्रो पहिचान वनाउन सफल यस वैंकले हाल व्यापार विस्तारको क्रममा राष्ट्रिय स्थरको स्थापित वैंकको रुपमा काठमाडौं थापाथलीमा केन्द्रिय कार्यालय स्थापना गरी देशका विभिन्न ठाउहरुबाट सेवा प्रदान गर्दैै आएको छ। वैंकले २०६१ साल साउन २९ देखि क्षेत्रिय बैंकको रुपमा नारायणगढबाट वैंकिङ्ग कारोवार शुभारम्भ गरेको थियो। 

वैंकले स्थापना दिवस मनाउने क्रममा हुने अनावस्यक खर्चलाई कटौती गरि सामाजिक उत्तरदायित्व अन्र्तगत सडक तथा अनाथ वालवालिकाहरुलाई  संरक्षण गर्ने सस्था मानव सेवा आश्रममा भोजन वितरण, छात्रवृत्ति वितरण , आर्थिक सहयोग गरी मनाएको छ। 

शैक्षिक क्षेत्रमा समेत वैंकले सहयोग गर्ने मनसायले आफ्नो शाखा कार्यालय रहेका हरेक क्षेत्रका सामुदायिक विद्यालयमा अध्यनरत विपन्न वर्गका एकजना जेहेन्दार छात्रा-छात्रलाई कक्षा ९ देखि १२ कक्षा सम्म पढ्नको लागि वार्षिक ५ हजार रुपैयाँका दरले त्रिवेणी शैक्षिक छात्रवृत्ति प्रदान गदै आएको छ। 

सो अन्र्तगत हालसम्म ५२ जना विद्यार्थीहरुले उक्त सेवा वैंकले वार्षिक उत्सवको अवसरमा “प्रकृतिको अनुपम उपहार, कृषि जिवनको आधार” शिर्षक अन्र्तगत चितवन, भरतपुरमा विद्यालय स्तरीय राष्ट्रिय चित्रकला प्रतियोगिता गरि वैंकका अध्यक्ष लंङ्क वहादुर के सी प्रतियोगी मध्ये प्रथम, द्धित्तिय र तृतिय स्थान प्राप्त गर्ने छात्र, छात्रालाई क्रमश २०,०००।, १०,०००। र ५,०००। नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।  

वैंकको वार्षिक उत्सवको अवसरमा विराटनगर, हेटौडा, नारायणगढ, वुटवल तथा केन्द्रिय कार्यालय थापाथलीमा आयोजित रक्तदान कार्यक्रममा कुल ४८० जनाले रक्तदान गरेका थिए। 

साविक त्रिवेणी विकास बैंक लि., ब्राइट डेभलपमेण्ट बैंक लि. र पब्लिक डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिई गत २०७२ जेठ १८ गते देखि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा  कारोवार संचालन गदै आएको छ। हाल कुल कर्मचारी सख्या २२९ रहेको वैंकको हाल सम्म २२ शाखा, ६ सिमित बैंकिङ इकाई , २ एक्स्टेनसन काउन्टर र ५ एटिएम रहेका छन। 

बैंकको कुल चुक्तापुँजी ८२ करोड रहेकोे छ। गत आर्थिक वर्षको अन्त्य सम्ममा ९ अर्व ११ करोड कुल निक्षेप गरि ७ अर्व २९ करोड कुल कर्जा लगानी गरि कुल संचालन मुनाफा ३० करोड २५ लाख मुनाफा गरेको यस वैंककोे खुद मुनाफा १८ करोड रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved