परम्परा तोड्दै नीति तथा कार्यक्रम पेश गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 09:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको नीति तथा कार्यक्रम बैशाख २० गते पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको हो । राष्ट्रपति कार्यलयले बुधबार यससम्बन्धी पत्र संसद्लाई पठाइसकेको छ।

 यो पटक प्रिबजेट छलफल अघि नै नीति तथा कार्यक्रम पेश हुने भएको हो। यस अघि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि अर्थमन्त्रीले बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने प्रचलन थियो । त्यसपछिको  छलफलमा भाग लिँदै सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने र प्राथमिकतामा राख्नुपर्ने विषयमा आफ्ना सुझाव दिने गरेका थिए । तर यो पटक भने सिधै नीति तथा कार्यक्रम पेश हुने भएको हो। 

बजेट अधिबेशनको पहिलो बैठक वैशाख १६ गते बस्ने छ  



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved